पहिरो पन्छाउने सहमती, वडा कार्यालयको ताला खुल्यो

बैतडी : वर्षाका कारण सडकमा खसेको पहिरो पन्छाउन माग गर्दै बैतडीको एक वडा कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ ।

पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्डको पहिरो पन्छाउन माग गर्दै पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरिएको थियो । विजयपुर–सिल्लेगडा सडकखण्डबाट खसेको पहिरोका कारण स्थानीयहरुका घर जोखिममा परेका र पहिरो पन्छ्याउनुपर्ने माग गर्दै स्थानीयहरुले मंगलबार बिहान वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

एक/दुई दिनभित्रै सडकबाट खसेको पहिरो पन्छ्याउने सहमति भएपछि वडा कार्यालयमा गरिएको तालाबन्दी खोलिएको स्थानीय अम्मर महराले जानकारी दिए । कार्यवाहक वडा अध्यक्ष गोपालसिंह महरा लगायतको उपस्थितीमा भएको छलफलमा पहिरो पन्छ्याउने सहमति भएपछि तालाबन्दी खुलेको हो ।

विजयपुर–सिल्लेगडा सडकखण्डबाट खसेको पहिरोका कारण स्थानीयबासिन्दाका पाँच ओटा घर जोेखिममा परेका छन् । सडक तलतिर रहेका घरहरु जोखिममा परेका महराले बताए ।

Dhn_Laingik Hinsa 2082
Loading...