कञ्चनपुरबाट अवैध सामान बरामद

कञ्चनपुर : सशस्त्र प्रहरी बल नेपालअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले १० लाख तीन सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक जनक राज उपाध्यायको कमाण्डमा खटिएको सात सदस्यीय मोबाइल गस्ती टोली र प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले भीमदत्त नगरपालिका–४ स्थित भासी हाईबे, भीमदत्त नगरपालिका–८ तिलाचौरबाट र वडा नम्बर १० को भन्सार रोड क्षेत्रमा भारतबाट भन्सार छलि ल्याइएका सामान बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद सामग्रीहरूमा चिनी, मिठाई, लेडिज सुट÷कुर्ता, किराना सामान तथा इलेक्ट्रोनिक उपकरण रहेका छन्। सशस्त्र प्रहरीका अनुसार बरामद सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।

Deep Jyoti Pustak psl
Loading...