धनगढी : कैलालीमा चक्कु प्रहार गरेर १७ वर्षीया किशोरीको हत्या गरिएको छ ।
बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत बर्दगोरिया गाउँपालिका–३ कि १७ वर्षीया याचना सेजवालको चक्कु प्रहार गरेर हत्या गरिएको हो ।
उनीमाथी सोही सेकुवा एण्ड मःम सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार बिहान चक्कु प्रहारबाट गम्भिर घाइते भएकी सेजवालको उपचारका क्रममा धनगढीको निसर्ग हस्पिटल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले बताए ।
उनले चक्कु प्रहार गर्ने साउदलाई नियन्त्रणमा लिएको बताए । चक्कु प्रहार गर्नुको कारण नखुलेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।