धनगढी : कैलालीको धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
शनिवार धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका– ७ का २१ वर्षीय आर्यमन चौधरी पक्राउ परेका छन्।
उनको साथबाट ३०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै शनिवार राती धनगढी उपमहानगरपालिका– ८ क्याम्पस नजिकबाट २८ वर्षीय राजेश चौधरी र २८ वर्षीय भुवन चौधरी पक्राउ परेका छन्।
उनीहरूको साथबाट १०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।