अत्तरिया : सुदूरपश्चिमको लोकस्वर र तिजको चञ्चल भावलाई समेट्दै गायक डम्बर बिष्टले आफ्नो नयाँ तिज गीत ‘च्याट्टै कपाल कोर बुढी माइत जानलाइ’ सार्वजनिक गरेका छन्।
गीतले माइती जान पर्खिरहेकी नारीको भावनालाई हाँस्यरस र लोकसंवादमा पस्किँदै, सांगीतिक बजारमा ताजगी ल्याउने अपेक्षा गरिएको छ।
गीतमा डम्बर बिष्ट र गायिका खुस्बु सुनारको स्वर रहेको छ भने शब्द र संगीत पनी गायक डम्बर बिष्ट स्वयंको नै रहेको छ । किशोर कुमार भण्डारीको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन कृष्णा सिराडीले गरेका हुन् भने सम्पादन पनि भण्डारीले नै गरेका छन।
भिडियोमा कलाकार सागर धामी र मनु भट्टको अभिनय रहेको छ, जसले ग्रामीण जीवनशैली र तिजको उमङ्गलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेका छन्। गीतको सम्पूर्ण पोष्ट–प्रोडक्सन कार्य अलीशा म्युजिक स्टुडियोले गरेको हो।
तिजको रङ, माइतीको माया र मौलिकताको मिठास बोकेको यो गीत नौलो यात्रा युट्युब च्यानलमा सार्वजनिक गरीएको छ।
भिडियो
