कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ मिलनचोक, भजनी नगरपालिका–७ हिक्मतपुर घाट र टीकापुर नगरपालिका–८ भैयाबाडा स्थित मोहना नदि किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ३१ हजार बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

भन्सार छलीको चिनी, बिडी, सुर्ती, साडी, कुर्ता सुरवाल, धोती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Loading...