कञ्चनपुरबाट तीन जना फरार दोषी पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट तीन जना फरार दोषी पक्राउ परेका छन्।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कञ्चनपुरको फैसलाले कैद सजाय ठहर भई फरार रहेका एक महिलासहित तीन जनालाइ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने ३६ वर्षीय रतन लुहार, लागूऔषध (खैरो हिरोईन) मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएकी कञ्चनपुरको बेलौरी नगरपालिका–४की २५ वर्षीया सिर्जना राना र कञ्चनपुरको बेलौरी नगरपालिका–४ कै ४८ वर्षीय सागर कुमार राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनीहरू तीनैजनालाइ बिहिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

Deep Jyoti Pustak psl
Loading...