कैलाली उद्योग वाणिज्य संघको चुनाव भदौ २८ गते

धनगढी : कैलाली उद्योग वाणिज्य संघको निर्वाचन आगामी भदौ २८ गते हुने भएको छ । संघको आज (शुक्रबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले निर्वाचनका लागि सदस्यता नविकरण भदौ १३ गते सम्म राख्ने निर्णय गरेको छ। बैठकले निर्वाचन समिति समेत गठन गरेको छ।

निर्वाचनका लागि कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.लोकबहादुर बिष्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको संघका प्रेस सल्लाहकार हिमाल जोशीले जानकारी दिए। हाल संघको अध्यक्षमा पुष्पराज कुँवर रहेका छन्।

२०७९ जेठ २८ गते कुँवर नेतृत्वमा निर्वाचित कार्यसमितिको तीन बर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो।

Deep Jyoti Pustak psl
Loading...