कञ्चनपुरमा खेतमा धान गोड्ने क्रममा सर्पले टोक्दा एक महिला घाइते

कञ्चनपुर : कञ्चनपुरमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको बेलौरी नगरपालीका–५ रामनगर बस्ने २५ वर्षीया यसोदा साउँद घाइते भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यसोदालाइ घर नजिकै खेतमा धान गोड्ने क्रममा सर्पले टोकेको हो। घाइते यसोदाको ईशान अस्पताल बेलौरीमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...