धनगढी : कैलाली कारागार घटनाका विषयमा मुख्यमन्त्री र गृहमन्त्री बिच छलफल भएका छ ।
शनिबार गृहमन्त्री रमेश लेखक र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बिच छलफल भएको हो ।
छलफलमा कैलाली कारागारमा घटेको घटना, सुदुरपश्चिम प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
गएराति कैलाली कारागारभित्र भएको झडपमा एक जनाको ज्यान जानुका साथै ४७ जना घाइते भएका थिए । घाइते ४७ जनाको सेताी अस्पतालमा उपचार भइरहेको छ ।