धनगढीबाट भन्सार छलीका कपडा बरामद

धनगढी : कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले करिब २५ लाख मूल्यका भन्सार छलीका कपडा बरामद गरेको छ।

सोमवार धनगढी उप–महानगरपालिका–१९ खेदाघाटस्थित मोहना नदी पारी खेदा गाउँमा रहेको गोठ–जस्तो छाप्रोबाट लुकाइ राखिएको अवस्थामा करिब२५ लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जितले बताए।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जितको कमाण्डमा खटिएको ३१ जनाको टोलीले उक्त सामान बरामद गरेको जनाइएको छ।

बरामद गरिएका लेडिज सुट, साडी, कुर्ता सुरुवाल, थानका कपडा र बच्चाका कपडासहित २४ गाठ कपडा आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, धनगढीमा बुझाइएको जनाइएको छ।

Loading...