कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेका कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ३० वर्षीय निर्मल रोकाया लागूऔषधसहित पक्राउ परेका हुन्।

रोकायालाई १ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेलापारी लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको हो।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...