बहुविवाह मुद्दामा फरार २ जना पक्राउ

कञ्चनपुर : बहुविवाह मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको २०७५ भाद्र २४ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम ४० वर्षीय शंकर दत्त जोशी पक्राउ परेका छन्।

जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार घरबाटै पक्राउ गरेको हो। यस्तै जिल्ला अदालत अछामले २०८१ असार १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएकेपछि फरार रहेका अछामको ढकारी गाउँपालिका–३ का २८ वर्षीय बमबहादुर विक पक्राउ परेका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलवार मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट पक्राउ गरेको हो।

Deep Jyoti Pustak psl
Loading...