कैलालीको टीकापुरका सवारी ज्यान मुद्दामा फरार २ जना पक्राउ

धनगढी : सवारी ज्यान मुद्दामा फरार कैलालीको टीकापुरका २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकेपछि फरार रहेका कैलालीको टीकापुर नगरपालिका १ शक्तिनगर शिबिर बस्ने २६ वर्षीय लौटन चौधरी र सोही ठाउँ बस्ने २२ वर्षीय रबिन चौधरी पक्राउ परेका हुन्।

दुबै जनालाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...