बैतडी : जिल्ला अस्पताल बैतडीले बिभिन्न पदमा करार कर्मचारीहरुका लागी आवेदन आह्वान गरेको छ।
चालु आर्थकि बर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिभिन्न पदमा आवेदन आह्वान गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील वकिले जानकारी दिए। साउन २३ गते सूचना प्रकाशन गरेर अस्पतालले वभिन्नि १४ पदमा आवेदन आह्वान गरेको छ।
योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवेदन दिने भनिएको छ। जिल्ला अस्पतालले फार्मेसी अधिकृत एक जना, फार्मेसी सहायक एक जना, स्टाफ नर्स ६ जना, हेल्थ असिष्टेन्ट दुई जना, फजियोथेरापी सहायक दुई जना, डेन्टल हाइजनिष्ट एक जना र ल्याब टेक्निसियन दुई जनाका लागी आवेदन आह्वान गरेको छ।
जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन करार सेवामा कर्मचारी भर्नाको तयारी गरिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।
