धनगढी : सुदूरपश्चिम प्रदेशका सामुदायिक वनबाट १६ लाख २० हजार तीन सय क्युफिट काठ निकालिएको छ।
गत आर्थिक वर्ष २०८२८३ मा उक्त परिमाणमा वनबाट काठ निकालिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय जनाएको छ। मन्त्रालयका अनुसार दुई हजार २५८ चट्टा दाउरा समेत निकालिएको छ। निकालिएको काठ मध्ये ३९ हजार ४८४ क्युफिट आपूर्ति समितिबाट वितरण गरिएको छ।
मन्त्रालयले ४३० घरधुरीले दाउरा प्राप्त गरेको जनाएको छ। यसैगरी, गत आर्थिक वर्षमा २१ हजार तीन सय २२ क्विन्टल जडीबुटी निकासी गरिएको छ। ४० लाख ४० हजार ८०५ किलो खोटो समेत निकासि गरिएको छ। यसबाट २४ करोड एक लाख ७४ हजार ६८२ रुपैयाँ राजस्व आम्दानी भएको छ।
प्रदेशको ३५ हेक्टर वन क्षेत्रमा जडीबुटी खेती गरिएको छ। सात हेक्टर धार्मिक वनका लागि हस्तान्तरण गरिएको छ। १७ हेक्टर अतिक्रमित वन खाली गरिनुका साथै १२२ हेक्टर वनमा १४ लाख ४७ हजार ३५० वटा वृक्षारोपण गरिएको मन्त्रालय जनाएको छ।