कैलालीको प्रमुख जिल्ला अधिकारीका रुपमा लम्साल हाजिर

धनगढी : कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रुपमा कृष्णप्रसाद लम्साल हाजिर भएका छन्।

Dhangadhi_Tihar 2083

यसअघि दाङका प्रमुख जिल्ला अधिकारी रहेका उनको गृह मन्त्रालयले बुधबार कैलाली सरुवा गरेको थियो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने नयाँ प्रमुख जिल्ला अधिकारी आजदेखि कार्यालयमा हाजिर हुनुभएको छ।

यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारी रहेका गोगनबहादुर हमाल गृह तानिएपछि लम्सालको कैलाली सरुवा भएको हो । कैलाली कारागारमा हिंसात्मक घटना भएपछि हमाललाई गृह तानिएको बताइएको छ।

Loading...