धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको शान्ति सुरक्षाबारे प्रमुख जिल्ला अधिकारी (सिडिओ) कृष्णप्रसाद लम्सालसँग छलफल गरेका छन् ।
शनिवार दुवैबिच मुख्यमन्त्री निवासमा भेट भएको सचिवालयले जानकारी गराएको छ । भेटमा सामाजिक विकास मन्त्री मेघराज खड्का पनि उपस्थित थिए ।
छलफलमा कैलालीको शान्ति, सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको सचिवालयले जानकारी गराएको छ ।