धनगढी : कैलालीमा बिहीबारदेखि बेपत्ता आमाछोरी मृत फेला परेका छन ।
घोडाघोडी नगरपालिका– ७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी छोरी १० महिनाकी छोरी अनुजा चौधरी मृत फेला परेका हुन ।
उनीहरु घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले बताए ।
उनका अनुसार आमाछोरी एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका छन । आमाछोरी बेपत्ता भएपछि खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियोे ।
उनी खोजीको क्रममा शनिबार मृत भेटिएकी हुन् । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।