कैलालीमा भन्सार छलीका माछा बरामद

धनगढी : कैलालीमा भन्सार छलीका माछा बरामद गरिएको छ।

जिल्लाको भजनी नगरपालिका–८ खैराबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४८ हजार बराबरको सिद्रा माछा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आइतवार नियन्त्रणमा लिएको थियो।

प्रहरीले उक्त माछालाई स्थानिय तथा जनप्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...