कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय तोकिएको बेलौरी नगरपालिका–३ खिरिया बस्ने २३ वर्षीय फिलिप राना पक्राउ परेका हुन्।

रानालाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Loading...