कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको कृष्णपुर नगरपालिका–३ बाणी घर भई भीमदत्त नगरपालिका–४ बजार स्थित कोठा गरी बस्ने २१ वर्षीय सन्दिप जोशी लागूऔषधसहित पक्राउ परेका हुन्।

जोशीको कोठामा खानतलासी गर्दा २ ग्राम ११० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

Loading...