बैतडी : बैतडीमा कोठामा झुन्डिएको अवस्थामा एक महिला मृत फेला परेकी छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अन्दाजी २४ बर्षीया अनमी भागरथी कुँवर आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
सोही वडामा घर भएकी कुँवर घरबाट स्वास्थ्यचौकी टाढा भएकाले कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । आफ्नै बस्ने कोठामा आइतबार राति ८ बजेतिर कुँवर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतक कुँवरका श्रीमान नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमामा कार्यरत रहेको बताइएको छ । उनी गत वैशाखमा मात्रै विवाहबन्धनमा बाँधिएकी विजयपुर स्वास्थ्यचौकीका प्रमुख रामबहादुर महराले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।