डिभिजन वन कार्यालय, धनगढीका वन अधिकृत यादव विरुद्ध मुद्दा दायर

काठमाडौं : डिभिजन वन कार्यालय, धनगढीका वन अधिकृत पूर्ण शंकर यादव विरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले वरिष्ठ वन अधिकृतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले सोमवार डिभिजन वन कार्यालय कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत यादवविरुद्ध सात लाख ३१ हजार बिगो कायम गरी विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले वन अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए। उनका अनुसार वन अधिकृत यादवले कैलाली चुरे गाउँपालिका वडा नम्बर–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा वन अधिकृत यादवले सेवाग्राहीसँग ७ लाख ३१ हजार घुस लिएको पुष्टि भएपछि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। केही समयअघि यादवलाई सेवाग्राहीबाट ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

उनीमाथि ७ लाख ३१ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र सजायको माग गरिएको आरोप–पत्रमा उल्लेख छ।

Deep Jyoti Pustak psl
Loading...