बझाङको एक घरमा सुनका गरगहनासहित नगद ५० हजार चोरी

बझाङ  : बझाङको एक घरमा चोरी भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ नेटाकाट्या बस्ने खड्क राज जोशीको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जोशीको घरबाट सुनका गरगहना र नगद ५० हजार रूपैयाँ मंगलबार साँझ चोरी भएको हो। प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजीकार्य गरिरहेको जनाको छ।

Deep Jyoti Pustak psl
Loading...