जबरजस्ती करणी आरोपमा नगर प्रहरी इन्चार्ज प्रक्राउ

कञ्चनपुर : कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत साउन ३० गते (शुक्रवार) ३२ वर्षीया एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा नगर प्रहरी इन्चार्ज बोहरालाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए।

Deep Jyoti Pustak psl
Loading...