बाटोबाट चिप्लिएर खोलाले बगाउँदा अछामकी एक बालिकाको मृत्यु

अछाम : अछाममा बाटोबाट चिप्लिएर खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। अछामको मेल्लेख गाउँपालिका–४ सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षकी छोरी कृति साउँदको मृत्यु भएको हो।

कृति साँफेबगर नगरपालिका–१३ मैडाली मामा घरबाट उपचार गर्न उनको मामासँग बुढाबगरबाट उपचार गर्न गएकी थिइन्। उपचार गरी फिर्ता हुने क्रममा ईगडी खोलाको साघुरो बाटोबाट चिप्लिन गई सोही खोलामा बगेर उनी वेपत्ता भएको प्रहरीले जनाएको छ।

बालिकालाई इलाका प्रहरी कार्यालय घुघुरकोट, अछाम र सशस्त्र प्रहरी विपद मनसुन प्रतिकारी वेश टाँसी, अछामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बगेको स्थानबाट अन्दाजी ३ कि.मी. दक्षिण तर्फ मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...