कैलालीमा चोरी मुद्दामा फरार एक जना पक्राउ

धनगढी : कैलालीको धनगढीका चोरी मुद्दामा फरार एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका १४ बस्ने २३ वर्षीय आस्मिन पौडेल क्षेत्री पक्राउ परेका हुन्।

क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनजकै घरबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...