स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले गरे ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको शुभारम्भ

धनगढी : ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम धनगढीबाट औपचारिक रुपमा सुरु गरिएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले धनगढीबाट उक्त कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन ।

प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा बिहिबार आयोजित एक विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्णप्राशनका थोपाहरू खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

यो कार्यक्रमले नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । मन्त्री पौडेलले ‘स्वर्ण बिन्दु प्राशन’ हजारौँ वर्ष पुरानो आयुर्वेदिक ज्ञानमा आधारित एक महत्वपूर्ण उपचार पद्धति भएको बताए ।

उनले सो पद्धतीलाई आधुनिक विज्ञान र जनस्वास्थ्यसँग जोड्न सक्यौँ भने स्वस्थ र मेधावी पुस्ता निर्माण गर्ने अभियानमा ठूलो सहयोग पुग्नेछ बताए । यसलाई वैज्ञानिक रूपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग एकीकृत गर्नुपर्नेमा बताए ।

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै उनीहरूको समग्र बौद्धिक र शारीरिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो राष्ट्रिय अभियान थालनी गरिएको हो ।

Loading...