अत्तरिया : अनलाइन टिभी पत्रकार सङ्घ नेपाल, कैलालीको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनबाट आलोक जङ्ग साउद अध्यक्षमा चयन भएका छन्। त्यसैगरी, उपाध्यक्षमा रमेश ऐडी, सचिवमा रमित पाण्डे, सहसचिवमा तिलखराज ढुङ्गाना र कोषाध्यक्षमा मञ्जु भण्डारी चयन भएका छन्।
समितिमा थप ४ जना सदस्यमा समावेशी तर्फ सागर चौधरी, प्रेम कामी , खुला तर्फ यज्ञराज अवस्थी, गणेश बिष्ट मनोनित भएका छन्। प्रथम अधिवेशनबाट अनलाइन टिभी पत्रकारको हकहितमा काम गर्ने उद्देश्यसहित कमिटी गठन गरिएको हो।