धनगढी : विपिन जोशीकी आमा र बहिनी स्वदेश प्रस्थान गरेको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए ।
उनीहरूले इजरायली राष्ट्रपति, प्रधानमन्त्री, सेनाप्रमुख, परराष्ट्रमन्त्रीलाई भेटेका थिए । उनीहरू विपिन अपहरणमा परेको स्थान पनि पुगेका थिए । उनीहरूलाई नेपाली राजदूत धनप्रसाद पण्डित, प्रधानमन्त्री कार्यालयका जोस र नदाब वेन यहुदाले तेलअभिभ विमानस्थलमा आएर बिदाइ गरेका थिए ।
गएको वर्ष अक्टोबर हमासको नेतृत्वमा इजरायलमाथि भएको आक्रमणका क्रममा बिपिनलाई हमाल समुहले नियन्त्रणमा लिएको थियो । उक्त हमलामा झण्डै १,२०० जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए ।
हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । ११ महिनाका लागि ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए ।