कैलाली : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
विश्वविद्यालयमा बिहीवार आयोजित आकस्मिक कक्षको उद्घाटनमा उनले विश्वविद्यालयका लागि सबैभन्दा ठूलो कुरा पूर्वाधार रहेको बताए। मन्त्री पौडेलले यसलाई विश्वविद्यालयका रुपमा विकास गर्न राज्यले ठूलो पैसा खर्च गरेर पूर्वाधार निर्माण गरेको उल्लेख गर्दै अस्पताल सञ्चालन, अध्यापनका लागि ठूलो रकम आवश्यक नपर्ने बताए।
उहाँले आफ्नै कार्यकालमा गेटा मेडिकल कलेजमा एमबिबिएसको पढाइ हुने र ३०० शय्याको अस्पताल निर्माणको लक्ष्य रहेको उल्लेख गरे। उनका अनुसार अर्को वर्षको असारसम्म १५० जनाले गेटामा एमबिबिएस पढ्न पाउनेछन्।