अत्तरियामा सार्वजनिक यातायातमा नेपाल मानब अधिकार टोलीसहितको छड्के अनुगमन

अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा सार्वजनिक यातायातमा आरक्षण सिटको अवस्था बारे छड्के अनुगमन गरिएको छ ।

गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कबाट सञ्चालन भईरहेका विभिन्न सार्वजनिक यातायातमा आज नेपाल मानब अधिकार, यातायात कार्यालय कैलाली, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतको टोलीसहित अन्य सरोकारवालाको समन्वयमा छड्के अनुगमन गरिएको हो।

अनुगमनको क्रममा विभिन्न सार्वजनिक यातायातमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र अन्य असक्षम व्यक्तिहरूको आरक्षण सिटको अवस्थाबारे अनुगमन गरिएको थियो । नियम अनुसार सिट छुट्याइएको नभएको गाडीमा तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

सुदुरपश्चिम प्रदेशका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्मर बहादुर बि.क. को संयोजकत्वमा गरिएको अनुगमनमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीया कैलालीका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर शाही, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक रण बहादुर चन्द लगायत यातायात व्यवस्था कार्यालय कैलालीका प्रतिनिधी, राष्ट्रिय मानव अधिकार आयोग प्रतिनिधी, अत्तरिया उद्योग वाणिज्य संघका प्रतिनिधी, पत्रकार, विभिन्न यातायात व्यवसायी प्रा.लि.का प्रतिनिधी लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।

नियामक निकायहरूले आगामी दिनमा पनि नियमित अनुगमन र सचेतना अभियान जारी राख्ने प्रतिबद्धता जनाएका छन् । डिआईजी डम्मर बहादुर बिकले सार्वजनिक यातायात सबैका लागि पहुँचयोग्य हुनुपर्ने र अपाङ्गता भएका व्यक्तिलाई सिट नदिँदा उनीहरूको यात्रा कठिन हुने बताए ।

Loading...