जिल्ला अदालत कैलालीको बार एकाइमा नयाँ नेतृत्व

धनगढी : कैलाली जिल्ला अदालत बार एकाइको नयाँ नेतृत्व चयन भएको छ।

Dhangadhi_Tihar 2083

शुक्रबार सम्पन्न साधारण सभाबाट नाथुराम महतोको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो। नव–निर्वाचित समितिमा उपाध्यक्ष हिमालय विक्रम विष्ट, सचिव प्रेमबहादुर शाही, कोषाध्यक्ष किशोरकुमार चौधरी र सह–सचिव कुमारी कौशिला केसी सापकोटा रहेका छन्।

त्यस्तै सदस्यमा कर्णसिंह महरा, रेनु प्रधान श्रेष्ठ, सुवास चन्द्र उपाध्याय, नैनबहादुर वडायक, देवीलाल चौधरी, ईन्द्रबहादुर खड्का, धर्मराज भट्ट र विरेन्द्र चौधरी चयन भएका छन्। बार एकाइका पार्षदमा बीरबहादुर जेठारा, नवराज पाण्डे र भरतबहादुर सिंह चयन भएका छन्।

Loading...