अत्तरिया : ग्लोबल ईन्स्टिच्युट अत्तरिया कैलाली शाखाले तिज मिलन कार्यक्रम मनाएको छ।

आउदै गरेको तिज पर्वको अवसरमा ईन्स्टिच्युटले आज तिज मिलन कार्यक्रमको आयोजना गरेको हो। संस्थाका संस्थापक विष्णु साउदको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
शुभकामना आदानप्रदान कार्यक्रमले आपसी सद्भाव, सहयोग र सांस्कृतिक पहिचानलाई अझ प्रबद्र्धन गर्ने संस्थापक बि.बि. भण्डारीले बताए।
कार्यक्रममा ईन्स्टिच्युटमा अध्ययनरत विद्यार्थी, शिक्षक शिक्षिका, बिभिन्न संघ संस्थाका कर्मचारी लगायतको रहभागीता रहेको थियो। उक्त तिज मिलन कार्यक्रमको सञ्चालन शिक्षिका करिष्मा विश्वकर्माले गरेकी हुन्।