सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आइतवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईंमा बसोवास रहेको थारू समुदायको अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

कैलाली, कञ्चनपुरमा बसोवास गर्ने थारू समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गरेका छन् । पर्वको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरेको छ ।

यसअघि, प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा साउन २५ गते बिदाको निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको थियो । तर, थारू समुदायको अट्वारी भदौ ८ गते परेकाले बिदाको मिति संशोधन गरिएको थियो ।

अट्वारी पर्वको अवसर पारेर थारू बहुल कैलारी गाउँपालिका लगायतका पालिकाले दुई दिन स्थानीय बिदा दिएका छन्। अट्वारी पर्व दुई दिन मनाउने गरिएको छ da।

Loading...