अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१० मा रहेको धाईया सलानी सामुदायिक बन उपभोक्ता समुहले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । शनिबार सामुदायिक बनमा आवद्ध उपभोक्ताहरुका लागि समुहले तीज विशेष कार्यक्रम आयोजना गरेको हो ।
समुहका अध्यक्ष भीम जैगडीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका-१० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) रहेका थिए । कार्यक्रममा बोल्दै उनले सामुदायिक बनले महिलाहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम आयोजना गर्नु खुसीको कुरा भएको बताए । उनले यस्ता कार्यक्रमले सामुदायिक बनभित्र आवद्ध महिलाहरुलाई पनि आपसी भेटघाट एवम् मनोरञ्जन गर्ने अवसर प्रदान गर्ने बताए ।
समुहका अध्यक्ष जैगडीमा सामुदायिक बनमा आवद्ध महिला दिदीबहिनीहरुका लागि तीज विशेष कार्यक्रमको आयोजना गरिएको बताए । उनले हिन्दु धर्मावलम्बीहरुको महान पर्व हरितालिका तीजले महिलाहरुलाई एकतावद्ध गर्न र आपसी मायाप्रेम साट्न सहयोग पु-याउने बताए । कार्यक्रममा वडासदस्य जीत बहादुर जैगडी सहित सामुदायिक बनमा आवद्ध महिला एवम् स्थानियहरुको सहभागिता रहेको थियो ।
