विपिन जोशीका आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरे

काठमाडौँ : प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका भनिएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

इजरायल पुगेर फर्केकी विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले आइतबार राष्ट्रपति पौडेललाई भेटेका हुन् । उनीहरुले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेर उनीहरूले यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेका थिए । भेटका क्रममा उनीहरुले वीपीनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् ।

Deep Jyoti Pustak psl
Loading...