कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका– मझगाँउ नहर नजिक र दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज स्थित सडक किनाराबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब मूल्य ५ हजार ८६० मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्यका सुजी, पेय पदार्थ, बच्चाका खेलौना, प्लाष्टर पट्टी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Dhn_Laingik Hinsa 2082
Loading...