कञ्चनपुरमा लागूऔषध सहित २ जना पक्राउ

अत्तरिया : कञ्चनपुरबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन ।

शनिबार जिल्लाको भीमदत्त नगरपालिका– १० गड्डाचौकी ब्यारेल चेकपोष्टबाट सोही नगरपालिका– ९ बस्ने २३ वर्षिय दिवाकर सिँह पन्त र २४ वर्षिय रोहित कार्कीलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

यु.के. ३६ ए.डी. ५५६३ नम्बरको भारतीय स्कुटरमा सवार उनिहरुलाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट १ ग्राम ५९० मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामद गरेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई स्कुटर सहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...