कञ्चनपुरमा २ लाख बढिका भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ४ हजार ६५० बराबरको सामान बरामद गरिएको छ।

उक्त सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...