कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट भीमदत्त नगरपालिका–१३ बडैपुर बस्ने २३ वर्षीय हरिश महरा र भीमदत्त नगरपालिका–१८ बस्ने २६ वर्षीय करन चन्दलाई १.३४ ग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।
दुवै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
