कैलालीको धनगढीमा अलपत्र अवस्थामा एक बालिका फेला

धनगढी : कैलालीको धनगढीमा अलपत्र अवस्थामा एक बालिका फेला परेकी छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–४ निर्माण व्यवसाय सङ्घको नजिकै अन्दाजी ५/६ वर्षको बालिका आज अलपत्र अवस्थामा फेला परेकी हुन्।

खुशबु नाम बताईरहेको फेला पार्ने व्यक्ति राजेश ओझाले बताएका छन्। उनले बालिकालाई अस्थायी प्रहरी पोष्ट बसपार्कमा बुझाएको बताएका छन्।

बालिकाको आफन्त वा उनलाई चिन्नेले ९७४८२५५१४४ अथवा प्रहरीमा सम्पर्क गर्न ओझाले आग्रह गरेका छन्।

Dhn_Laingik Hinsa 2082
Loading...