बाजुरा : बाजुरामा नदीमा बगेर एक जनाको मृत्यु भएको छ ।
बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको नदीमा बगेर मृत्यु भएको हो । माछा मार्न गएका महतको बुढीगंगा नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोमबार माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) ईकवाल हवारीले बताए ।
उनका अनुसार, मृतक महतको शव बगाएको ठाउँबाट करिब तीन किलोमिटर तल बिरेखोला नजिकै फेला परेको थियो ।
