धनगढीमा २० वर्षीय युवक खैरो हेरोइनसहित पक्राउ

धनगढी : कैलालीको धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

मंगलवार दिउँसो साढे २ बजे धनगढी उपमहानगरपालिका–१० जुगेडामा प्रहरीले चेकजाँच गर्ने क्रममा सोही स्थानका २० वर्षीय आकाश रानाको साथबाट ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको हो।

उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।

Loading...