बझाङ : बझाङमा एक पुरुष मृत फेला परेका छन ।
बुधबार जयपृथ्वी नगरपालिका – १ डुङ्ग्री खोलामा स्थानीय ५५ वर्षीय राम चन्द्र बोहरा मृत फेला परेका हुन ।
उनी कुयापानी स्थित खोलाको दुईवटा भगालोको बिच पानीमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।