अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–९, शेहरीको झोलुंगे पुल नजिक खुटिया खोलामा डुबेर वेपत्ता भएका ४ किशोर मृत अवस्थामा फेला परेका छन् ।
नुहाउन गएका सात जना किशोरमध्ये चार जना वेपत्ता भएका थिए। धनगढी घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
उनीहरू चार जना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले जानकारी दिएका छन्।
