अछाम: अछाममा महिनावारी बारेर पाल टाँगेर सुतेकाे अवस्थामा ढुङ्गा लागेर दुई जनाकाे मृत्युु भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका-८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल टाँगेर सुतिरहेकाे अवस्थामा खसेकाे ढुङ्गा लागेर ७ वर्षीय बालिका कविता भण्डारी र ३५ वर्षीय निम खनालकाे मृत्युु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनाकाे घटनास्थलमै मृत्युु भएको हाे ।
सँगै सुतिरहेकि मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी भने गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चाैकि पठाइएको छ ।
पञ्चदेवल विनायक नगरपालिका-८ का वडा अध्यक्ष छत्रबहादुर शाहीले महिनावारी बारेर दुवै जना महिला त्रिपालमुनी सुतेका थिए । बिहीबार उनीहरूलाई महिनावारी भएको पाँच दिन पुगेकाे थियाे ।
मृतक खनाल र भण्डारी दुवै जना माइतीघरमा आएर छाउ भएपछि त्यहाँ सुतेका थिए । भण्डारीकि ७ वर्षीया छाेरी आमाकाे मायाले बिहीबार उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिईन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
