कैलालीको गेटा अस्पताल परिसरमा विभिन्न प्रजातीका फुलका विरुवा रोपिए

अत्तरिया : कैलालीको गेटा अस्पताल परिसरमा फुलका विरुवाहरु रोपिएका छन । शुक्रबार अस्पताल परिसरमा विभिन्न प्रजातीका फुलका विरुवाहरु रोपिएका हुन ।

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट, गेटा अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी एवम् स्थानियहरुको उपस्थितिमा अस्पताल परिसरमा फुलका बोटहरु रोपिएको थियो ।

अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवले अस्पताललाई हराभर बनाउनका लागि विभिन्न प्रजातीका फुलहरु रोपिएको बताए । उनले फुलहरुले अस्पतालको सुन्दरता वृद्धि गर्ने अपेक्षा लिएको बताए ।

Deep Jyoti Pustak psl
Loading...