कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टले गरे गेटा अस्पतालको अवलोकन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले गेटा अस्पतालको अवलोकन गरेका छन ।

शुक्रबार अस्पतालले दिईरहेको सेवासुविधाका बारेमा नगरप्रमुख भट्टले अवलोकन गरेका हुन । नगरप्रमुख भट्टले अस्पतालको ओपीडि सेवाका साथै, ल्याब, इमर्जेन्सी सेवा लगायतको अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा बोल्दै उनले अस्पतालमा सेवा लिने विरामीको संख्या बढ्दै गईरहेको बताए । उनले ओपिडीका साथै इमर्जेन्सीमा पनि बिरामीको संख्या बढी रहेको बताए ।

उनले अवलोकनका क्रममा विरामीहरुसँग स्वास्थ्य अवस्था र अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको बारेमा जानकारी लिएका थिए । विरामीहरुले अस्पतालले राम्रो सुविधा प्रदान गरिरहेको बताएका थिए ।

Loading...